साताको अन्तिम दिन ४९ अङ्कले ओरालो लाग्यो शेयर बजार, परिसूचक २५८४ आइपुग्यो « Arthapath.com
१६ मंसिर २०७८, बिहीबार

साताको अन्तिम दिन ४९ अङ्कले ओरालो लाग्यो शेयर बजार, परिसूचक २५८४ आइपुग्यो



काठमाडौँ ।  साताको अन्तिम दिन आज बिहीबार शेयर बजार ४९ अङ्कले ओरालो लागेको छ । यस दिन शेयर बजार ४९.०४ अङ्कले बजार घटेर शेयर कारोबार मापक नेप्से परिसूचक  २५८४.६१ अंकमा आएर बजार बन्द भएको छ ।

 आज सबै समुह घटेर राताम्मे भएको छ । सबैभन्दा बढी निर्जीवन बिमा समुहका लगानीकर्ताले गुमाएका छन् । आज निर्जीवन बिमा समूह २४५ अङ्कले ओरालो लागेको छ ।त्यसैगरि  जीवन बिमा समूह २३०, उत्पादन, २५३, विकास बैङ्क १८९, फाइनान्स ९३ अङ्कले ओरालो लागेको छ ।

बिहीबार दिनभर २ सय ३१ कम्पनीका ७ करोड ९३ लाख २ हजार ७ सय ३१ कित्ता शेयर ४७ हजार ८ सय ६४ पटक किनबेच हुदा ३ अर्ब ४१ करोड ३५ हजार ८९ हजार १ सय २६ रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्