सातामा नेप्सेको छलाङ्ग, परिसुचक १६२ अंकले बढेर २५२०.२३ अंकमा पुग्यो « Arthapath.com
९ पुष २०७८, शुक्रबार

सातामा नेप्सेको छलाङ्ग, परिसुचक १६२ अंकले बढेर २५२०.२३ अंकमा पुग्यो



काठमाडौं । यो साता शेयर बजारले छलाङ्ग मारेको छ । केहि साता यता गिरावटमा रहेको नेप्से परिसुचक यो साताभर १६२ अंकले उकालो लागेर २५२०.२३ अंकमा पुगेर बजार भएको छ ।

गएको सोमबार अर्थमन्त्रालयले नेपाल राष्ट्र बैंकलाई स्थानिय सरकारको सञ्चित कोषबाट ८० प्रतिशत रकम निक्षेप राख्न पाउने व्यवस्था गरेपछि शेयर बजारले करिब १ महिनापछि छलाङ्ग मारेको हो । मन्त्रालयले स्थानीय तहको सञ्चित कोषको ८० उत्पादनशील क्षेत्रमा परिचालन गर्न पाउने गरी २०७९ असार मसान्तसम्म बैंकहरुले निक्षेपको रुपमा गणना गर्न पाउने गरी आवश्यक व्यवस्था मिलाउन पत्र पठाएको थियो । त्यसपछि यो साताभर बजारमा हरियाली छाएको हो ।

नेपाल राष्ट्र बैंकले आयात निरुत्साहित हुने गरि सवारी साधनलगायतका विलासी सामानका साथै सुनचाँदी जस्ता बहुमुल्य वस्तु आयातलाई कडाइ गरेको छ । यसका कारण पनि तरलता संकट केहि हदसम्म कम हुने भन्दै लगानिकर्ताहरु बजारप्रति आकर्षित भएका शेयर विशेषज्ञहरु बताउछन् ।

३ दिन बन्द भएर यस साताको पहिलो दिन सोमबार कारोबार खुलेको थियो । यस दिन बजार १७.९३ अंकले ओरालो लागेर परिसुचक २३५८.८१ अ.कमा पुगेर बन्द भएको थियो । सोमबार २ अर्ब ४६ करोड ४६ लाख ८९ हजार ८६२ रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । साताको पहिलो कारोबार दिन १७ अंकले गिरावट आएको बजार मंगलबार ५३ अंकले बढेर परिसुचक २४१५ं.५५ अंकमा पुगेर बजार बन्द भएको थिया । यस दिन २ अर्ब ३८ करोड ३२ लाख ५१ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै बुधबार शेयर बजार ९२.२६ अंकले बढेर परिसुचक २५ सय माथी उक्लीएको हो । यस दिन ९२ अंकले बढेर परिसुचक २५०७.७१ अंकमा आएर बजार बन्द भएको थियो । यस दिन शेयर कारोबार रकममा पनि सुधार हुदै ४ अर्ब ५२ करोड ३३ लाख ८ हजार रुपैयाँको कारोबार भएर बजार बन्द भएको हो ।

यस्तै साताको अन्तिम दिन हिजो बुधबार शेयर बजार उतारचडावका विच १२ अंकले बढेको छ । यस दिन १२ अंकले बढेर परिसुचक २५२०.२३ अंकमा पुगेर बजार बन्द भएको छ । हिजो पनि ४ अर्ब ४९ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

करिब १ महिना यता भारी अंकले गिरावट आएको बजारमा यस साता १६२ अंकले बढेर परिसुचक २५२० मा पुगेर बजार बन्द भएको छ । सातामा आइतबार बाहेक सबै दिन बजार उकालो लागेको हो ।


प्रतिक्रिया दिनुहोस्