धितोपत्र बोर्डको १ अर्ब रुपैयाँ भन्दा बढी आम्दानी « Arthapath.com
११ माघ २०७८, मंगलवार

धितोपत्र बोर्डको १ अर्ब रुपैयाँ भन्दा बढी आम्दानी



काठमाडौं । गत आर्थिक बर्ष २०७७–७८ मा नेपाल धितोपत्र बोर्डको १ अर्ब रुपैयाँ भन्दा बढी आम्दानी गरेको थियो । बोर्डले गत आर्थिक वर्ष २०७७–७८ मा १ अर्ब ७ करोड २९ लाख ३१ हजार रुपैयाँ आम्दानी गरेको हो । अघिल्लो आर्थिक बर्ष २०७६–७७ मा बोर्डले ३८ करोड ९६ लाख ९७ हजार रुपैयाँ आम्दानी गरेको थियो । अघिल्लो आर्थिक बर्ष २०७६–७७ को तुलनामा १७५ प्रतिशत बढी आम्दानी गरेको हो ।

गत आवमा बोर्डले धितोपत्र बजारबाट ९८ करोड ८५ लाख र अन्य आम्दानीबाट ८ करोड ४४ लाख रुपैयाँ गरी कुल १ अर्ब ७ करोड आम्दानी गरेको हो । अघिल्लो आव २०७६–७७ मा कम्पनीले धितोपत्र बजारबाट २८ करोड १७ लाख र अन्य आम्दानीबाट १० करोड ७९ लाख रुपैयाँ गरी कुल ३८ करोड ९६ लाख रूपैयाँ आम्दानी गरेको थियो ।

गत आव २०७७–७८ मा बोर्डले २२ कम्पनीलाई १५ अर्ब १८ करोड ६४ लाख रुपैयाँ आईपीओ, ७ कम्पनीलाई १४ अर्ब ४ करोड ९७ लाख रुपैयाँ बराबरको हकप्रद, २३ कम्पनीलाई ६९ अर्ब ६० करोड रुपैयाँको ऋणपत्र, ९ कम्पनीलाई ९ अर्ब ९० करोड रुपैयाँ बराबरको सामुहिक लगानी कोषको इकाई बिक्रीका लागि अनुमति दिएको थियो ।

अघिल्लो आव २०७६–७७ मा बोर्डले ९ कम्पनीलाई ३ अर्ब ९९ करोड ४८ लाख रुपैयाँ आईपीओ, ११ कम्पनीलाई ४ अर्ब ४१ करोड २ लाख रुपैयाँ बराबरको हकप्रद, १२ कम्पनीलाई २३ अर्ब ४५ करोड रुपैयाँको ऋणपत्र, २ कम्पनीलाई १ अर्ब ८० करोड रुपैयाँ बराबरको सामुहिक लगानी कोषको इकाई बिक्रीका लागि अनुमति दिएको थियो ।

आर्थिक बर्ष २०७६–७७ मा १६ करोड ६९ लाख ७० हजार रुपैयाँ नाफा आर्जन गरेको बोर्डले आर्थिक वर्ष २०७७–७८ मा ६८ करोड ७० लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो । अघिल्लो आवमा १ अर्ब ३८ करोड ९ लाख ८९ हजार रुपैयाँ कुल सम्पत्ति रहेकोमा गत आर्थिक बर्षमा २ अर्ब ६ करोड ४३ लाख ३२ हजार रुपैयाँ पुगेको छ ।

संस्थाबाट विभिन्न नियमन शुल्कबापत आर्थिक वर्ष २०७१–७२ मा १० करोड रुपैयाँ संकलन गरेको धितोपत्र बोर्डले ६ वर्ष अवधिमा दश गुणा बढी अर्थात १ अर्ब ७ करोड रुपैयाँ आम्दानी गरेको छ ।


प्रतिक्रिया दिनुहोस्