नेप्सेमा सामान्य अंकको गिरावट, कारोबार रकम ओरालो लाग्यो « Arthapath.com
११ माघ २०७८, मंगलवार

नेप्सेमा सामान्य अंकको गिरावट, कारोबार रकम ओरालो लाग्यो



काठमाडौं । शेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । हिजो १ सय अंकले घटेको नेप्से साताको तेस्रो दिन आज मंगलबार नेप्सेमा ५.९२ अंकको गिरावट आएको छ ।

आज जिवन विमा बाहेक सबै समुह घटेर राताम्मे भएका छन् । दिनभर २ सय २९ कम्पनिको ९ करोड ७८ लाख ४ हजार ६ सय ५१ कित्ता शेयर ७२ हजार ४ सय १ पटक किनबेच हुदा ५ अर्ब ३९ करोड ५६ लाख ७२ हजार ६ सय २७ रुपैयाँको कारोबार भएको छ ।

यस दिन विन नेपाल लघुवित्तका लगानिकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । त्यसैगरी बुदभुमी हाईड्रोपारका लगानिकर्ताले ९.९८ प्रतिशत, पोखरा फाइनान्सका लगानिकर्ताले ८.२५ प्रतिशतका दरले कमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्