प्रभु क्यापिटलले ५ दिनमै जाल्पा सामुदायिक लघुवित्तको आईपीओ आज बाँडफाँट गर्दै, २६ लाखको हात रित्तो ! « Arthapath.com
१ फाल्गुन २०७८, आईतवार

प्रभु क्यापिटलले ५ दिनमै जाल्पा सामुदायिक लघुवित्तको आईपीओ आज बाँडफाँट गर्दै, २६ लाखको हात रित्तो !



काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट आइतबार ५ बजे हुने भएको छ । लघुवित्तको आईपीओको प्रि–अलटमेन्ट शुक्रबार सम्पन्न भएपछि आज आइतबार ५ बजे बाँडफाँट गरिने निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार आईपीओ बाँडफाँड आज बालुवाटार, काठमाडौँमा गरिने कम्पनिले जनाएकाे छ ।

पछिल्लाे समय मर्चेन्ट बैंकिङमा आक्रामक बनेकाे प्रभु क्यापिटलले ५ दिनमै आईपीओ बाँडफाँड गरेर छिटाे छरिताे सेवा दिएकाे छ । प्रभुले मंगलबारसम्म कलेक्सन भएकाे आईपीओकाे शुक्रबार प्रि-अलाेर्टमेन्ट गरेर आईतबार बाँडफाँड गर्न लागेकाे हाे ।

लघुवित्तले माघ २१ गते, शुक्रबारदेखि माघ २५ गते, मंगलबारसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको थियो । लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता संस्थाका कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता म्युचुअल फण्डका लागि र बाँकी ४ लाख ८७ हजार ९०० कित्तामा सर्वसाधारणहरूका लागि छुट्ट्याइएको छ ।

लघुवित्तको आईपीओमा २६ लाख ५९ हजार ५४० जनाले ३ करोड २५ लाख २० हजार ५८० कित्ताका लागि आवेदन दिएका छन् । मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिनेछ । गोलप्रथा विधिबाट बाँडफाँट गर्दा १० कित्ताका दरले ४८ हजार ७९० जनाले मात्रै आईपीओ पाउने छन् । बाँकी २६ लाख भन्दा बढीको हात रित्तो हुनेछ ।


प्रतिक्रिया दिनुहोस्