दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

काठमाडौं । सेयर कारोबार साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । यसदिन नेप्से ४३.१० अंकले ओरालो लाग्दा कारोबार रकम घटेको छ ।
यसदिन २६ सय १० दशमलव ६० विन्दुमा बन्द हुदाँ ३ अर्ब ६६ करोड बराबरको सेयर कारोबार भयो । आइतबार दोहोरो अंकले घटेको बजार साताको दोस्रो दिन सोमबार पनि घटेको हो ।
यस्तै सेन्सेटिभ इण्डेक्स पनि दोहोरो अंकले घटेको छ । सेन्सेटिभ इण्डेक्स ६.६४ अंकले घटेर ५००.२१ पुगेको छ । यसदिन २२७ कम्पनीको ७८ लाख ३४ हजार ९१५ कित्ता सेयर ३ अर्ब ६६ करोड १ लाख ८९ हजार ८६८ रकमको कारोबार भएको हो ।
जुन यस साताको पहिलो दिन आइतबार ३ अर्ब २७ करोड ३० लाख ६५ हजार ९१० रुपैयाँमा खरिदबिक्री भएको थियो । यसदिन कारोबारमा आएका १३ वटै समुहको सूचक घटेको छ ।