नेप्सेमा सबैभन्दा धेरै कारोबार हुने ‘टप टेन जिल्ला’, दोस्रोमा झापा, चौंथोमा मोरङ्ग, काठमाडौंमा १ लाख १८ हजार जना « Arthapath.com
२३ जेष्ठ २०८२, शुक्रबार

नेप्सेमा सबैभन्दा धेरै कारोबार हुने ‘टप टेन जिल्ला’, दोस्रोमा झापा, चौंथोमा मोरङ्ग, काठमाडौंमा १ लाख १८ हजार जना



काठमाडौं । पछिल्लो समय शेयर बजारमा लगानीकर्ताहरुको आकर्षण बढ्दो रहेको छ । अनलाइन सिस्टमका कारण शेयर बजारको पहुँच सम्भवतः ७७ जिल्ला नै पुगेको अनुमान गरिन्छ । डिम्याट खाता खोल्नेको संख्या ५० लाख भन्दा बढी रहेको छ भने मेरो शेयर प्रयोगकर्ताको संख्या ४१ लाख भन्दा बढी नै छ ।

तर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को गत आर्थिक बर्षको असार मुान्तसम्मको तथ्याङ्क अनुसार शेयर बजारमा आवद्ध सबैभन्दा बढी जनसंख्या काठमाडौं जिललाबाट रहेको छ । काठमाडौं जिल्लाबाट नेप्सेमा १ लाख १८ हजार ३१ जनाले दोस्रो बजारमा कारोबार गर्ने गर्दछन् । त्यस्तै, सिसिएस अर्थात् प्राथमिक बजारमा काठमाडौं जिल्लाबाट ५ लाख ५५ हजार ६७६ जना गरी २१.२४ प्रतिशत जनसंख्या आवद्ध रहेको नेप्सले जनाएको छ । नेप्सेमा भन्दा धेरै सिसिएसमा २१.२४ प्रतिशत जनसंख्या बढी रहेको देखिन्छ ।

दोस्रो बजार अर्थात नेप्सेमा काठमाडौं जिल्लाबाट ७१ हजार ६४८ जना पुरुष र ४६ हजार ३८३ जना महिला आवद्ध रहेको छन् । त्यस्तै, सिडिएसमा ३ लाख २ हजार ७१४ जना पुरुष र २ लाख ४९ हजार २८४ जना महिला संलग्न छन् ।

त्यस्तै, दोस्रोमा झपा जिल्लाबाट नेप्सेमा २४ हजार ४६३ जना पुरुष र १६ हजार ८१६ जना महिला गरी ४१ हजार २७९ जनाले कारोबार गर्ने गरेका छन् । यता सिडिएसमा भने ८८ हजार १२ जना पुरुष र ६९ हजार ५२४ जना महिला गरी कूल १ लाख ५७ हजार ५८४ जना छन् ।

तेस्रोमा ललितपुर जिल्लाबाट नेप्सेमा २४ हजार १९१ जना पुरुष र १५ हजार ५३२ जना महिला गरी ३९ हजार ७२३ जना रहेका छन् भने सिडिएसमा ८४ हजार ३०२ जना पुरुष र ७० हजार २२७ जना महिला गरी कूल १ लाख ५४ हजार ९१६ जना आवद्ध रहेका देखिन्छन् ।

त्यसैगरी चौंथोमा मोरङ्ग जिल्लाबाट नेप्सेमा २२ हजार २४४ जना पुरुष र १४ हजार ३६७ जना महिला गरी कूल ३६ हजार ६११ जना आवद्ध रहेका छन् भने सिडिएसमा ८८ हजार ३०६ जना पुरुष र ६५ हजार ९९३ जना महिला आवद्ध रहेको तथ्याङ्कले देखाएको छ ।

त्यस्तै, पाँचौमा भक्तपुर जिल्लाबाट १८ हजार १४६ जना पुरुष र ११ हजार ३७१ जना महिला गरी कूल २९ हजार ५१७ जना आवद्ध छन् भने सिडिएसमा ६७ हजार १९७ जना पुरुष र ५२ हजार ४९६ जना महिला आवद्ध रहेका छन् ।

गत आर्थिक बर्षको असार मसान्तसम्ममा छैटौंमा दोलखा, सातौंमा काभ्रेप्लान्चोक, आठौंमा चितवन, नवौंमा कास्की र दशौंमा सुनसरी जिल्लाबाट नेप्सेमा आवद्ध रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्