नेप्सेमा ६ कम्पनीको साढे ७ करोड कित्ता बोनस, ५५ लाख ५६ हजार कित्ता आईपीओ र १० लाख कित्ता ऋणपत्र सूचीकृत « Arthapath.com
२३ जेष्ठ २०८२, शुक्रबार

नेप्सेमा ६ कम्पनीको साढे ७ करोड कित्ता बोनस, ५५ लाख ५६ हजार कित्ता आईपीओ र १० लाख कित्ता ऋणपत्र सूचीकृत



काठमाडौं । यस साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ६ कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार फागुन १५ गते आइतबारदेखि फागुन २० गते शुक्रबारसम्म कृषि विकास बैंक लिमिटेड, सिद्धार्थ बैंक लिमिटेड, प्राइम कमर्सियल बैंक लिमिटेड, सेञ्चुरी कमर्सियल बैंक लिमिटेड, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको गरी कूल ७ करोड २९ लाख २९ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

१. सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको ५.७५ प्रतिशत बोनस शेयर बापतको ५१ लाख ९४ हजार ७९६.९६३९ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट चुक्ता पूँजीको ५.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३० प्रतिशत नगद गरी कूल ६.०५ प्रतिशत लाभाशं वितरण गरेको थियो ।

२. सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १२.७० प्रतिशत बोनस शेयर बापतको २८ लाख ७३ हजार ८७६ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट चुक्ता पूँजीको १२.७० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.६६८४ प्रतिशत नगद गरी कूल १३.३६८४ प्रतिशत लाभांश वितरण गरेको थियो ।

३. प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको १४.२५ प्रतिशत बोनस शेयर बापतको १५ लाख ३१ हजार २४८ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट शेयरधनीलाई १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

४. कृषि विकास बैंक लिमिटेडको २० प्रतिशत बोनस शेयर बापतको २ करोड १९ लाख ७९ हजार ८५९.६०४५ कित्ता बोनस शेयर सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.०५६ प्रतिशत नगद गरी कूल २१.०५६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

५. सिद्धार्थ बैंक लिमिटेडको १४.२५ प्रतिशत बोनस शेयर बापतको १ करोड ५६ लाख २१ हजार २७६.३६ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश गरी कूल १५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

६. प्राइम कमर्सियल बैंक लिमिटेडको १६ प्रतिशत बोनस शेयर बापतको २ करोड ५७ लाख ३२ हजार ८५९.०४ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकल गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट चुक्त पूक्ता पूँजीको १६ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.६३१३ प्रतिशत नगद गरी कूल १६.६३१३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

त्यस्तै, यस साता नेप्सेमा इमर्जिङ्ग नेपाल लिमिटेडको साधारण शेयर (आईपीओ) सूचीकृत भएको छ । कम्पनीको ५५ लाख ५६ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारणमा वितरण गरिएको ५ लाख ५५ हजार ६ सय कित्ता र कम्पनीका संस्थापकहरुले लागनी गरेको ५० लाख ४ सय कित्ता शेयर गरी ५५ लाख ५६ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

त्यस्तै, यस साता नेप्सेमा गरिमा विकास बैंक लिमिटेडको ऋणपत्र सूचीकृत भएको छ । नेप्सेमा बैंकको १० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो । बैंकले ७ वर्ष अवधिको ‘८.७५ प्रतिशत गरिमा डिबेञ्चर, २०८५’ को नाममा प्रतिकित्ता १ हजार रूपैयाँ अंकित दरमा १ अर्ब रूपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्