नेप्सेको ओरालो यात्रा जारी, कारोबार रकम पनि घट्यो « Arthapath.com
२३ जेष्ठ २०८२, शुक्रबार

नेप्सेको ओरालो यात्रा जारी, कारोबार रकम पनि घट्यो



काठमाडौं । सेयर कारोबार साताको पहिलो दिन आज आइतबार सामाान्य अंकको ओरालो लागेको छ । । केहि दिनदेखि निरन्तर घटिरहेको शेयर बजारमा यो हप्ताको पहिलो दिन आइतबार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को कारोबारमा सुधार देखिएन ।

आज नेप्से ३.६६ अंकले घटेर दुई हजार ५ सय ४३ दशमलब ३९ विन्दुमा रोकिएको हो । त्यस्तै, आज २ अर्ब ४९ करोड ३२ लाख बराबरको कारोबार भएको छ ।

यस्तै सेन्सेटिभ इण्डेक्स भने सामान्य अंकले बढेको छ । सेन्सेटिभ इण्डेक्स १.३० अंकले बढेर ४९०.१३ पुगेको छ । यसदिन २३० कम्पनीको शेयर कारोबार भएको गरेका छन् ।

नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमा १०१ वटा कम्पनी घटेका छन् भने ७८ वटा कम्पनी मात्रै बढेका छन् । यसमध्ये मैलुङ खोला जलविद्युत कम्पनीको शेयरमूल्यमा सामान्य वृद्धि भएको छ ।

कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको आज १५ करोड २२ लाख भन्दा बढीको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्