नेप्सेमा ४७ लाख १० हजार कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । आइतबार चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको ७.५ प्रतिशत बोनस शेयर बापतको ४७ लाख १० हजार ५५४.४२ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
कम्पनीले गत आर्थिक वर्ष ०७७–७८ को नाफाबाट सेयरधनीहरुका लागि चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ७.५ प्रतिशत नगद लाभांश गरी कूल १५ प्रतिशत लाभांश वितरण गरेको थियो ।