शेयर बजारमा निरन्तर दोहोरो अंकको गिरावट, इमर्जिङको शेयर मूल्य बढ्दा युनाईटेड इदी र एनटिसीको घट्यो « Arthapath.com
२३ जेष्ठ २०८२, शुक्रबार

शेयर बजारमा निरन्तर दोहोरो अंकको गिरावट, इमर्जिङको शेयर मूल्य बढ्दा युनाईटेड इदी र एनटिसीको घट्यो



काठमाडौं । बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । मंगलबार पनि घटेको बजार पुन बुधबार पनि दोहोरो अंकले घटेको हो ।

बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९.६५ अंकले घटेर २६३१.३२ अंकमा बन्द भएको छ । यसअघि मंगलबार काठमाडौं । मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । मंगलबार १७.१५ अंकले घटेर २६५०.९७ अंकमा बन्द भएको थियो ।

नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । बुधबार २३१ कम्पनीको ४९ लाख ६७ हजार ४७१ कित्ता शेयर ३७ हजार ३१ पटक किनबेच हुँदा २ अर्ब ५७ करोड ४ लाख १ हजार १८८ रुपैयाँ बराबरको कारोबार भएको थियो । यसअघि हिजो मंगलबार २२९ कम्पनीको ६५ लाख २९ हजार २६ कित्ता शेयर ४६ हजार २८७ पटक किनबेच हुँदा ३ अर्ब ३६ करोड ४२ लाख २९ हजार १७५ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

बुधबार होटल तथा पर्यटन समूह २.०९ प्रतिशत, निर्जीवन बीमा समूह ०.६४ प्रतिशत र म्युचुअल फण्ड समूह ०.०२ प्रतिशतले बढेको छ ।

त्यस्तै, बैंकिङ्क समूह ०.७ प्रतिशत, ब्यापार समूह १.४२ प्रतिशत, विकास बैंक समूह १.३१ प्रतिशत, जलविद्युत समूह १.०६ प्रतिशत, फाइनान्स समूह १.३३ प्रतिशत, म्यानुफ्याक्ट्ररिङ तथा प्रो. समूह ०.७१ प्रतिशत, अन्य समूह २.४७ प्रतिशत, माइक्रोफाइनान्स समूह ०.१८ प्रतिशत, जीवन बीमा समूह ०.३९ प्रतिशत र इन्भेष्टमेन्ट समूह ०.५४ प्रतिशतले शयेर मूल्य घटेको छ ।

बुधबार सबैभन्दा धेरै इमर्जिङ नेपालको शेयर मूल्य ९.९८ प्रतिशत बढेको छ भने युनाईटेड इदी मर्दी आरबि हाइड्रोपावरको शेयर मूल्य ४.९२ प्रतिशत र एनटिसीको शेयर मूल्य ३.५७ प्रतिशतले धेरै घटेको छ ।


प्रतिक्रिया दिनुहोस्