यी हुन् शेयर बजारमा उच्च मूल्य भएका ९ महँगा कम्पनी, १ कित्ताको साढे १९ हजार रुपैयाँ « Arthapath.com
२३ जेष्ठ २०८२, शुक्रबार

यी हुन् शेयर बजारमा उच्च मूल्य भएका ९ महँगा कम्पनी, १ कित्ताको साढे १९ हजार रुपैयाँ



काठमाडौं । शेयर बजारमा दैनिक २३१ भन्दा बढी कम्पनीको शेयर कारोबार हुने गरेको छ । तर केही थोरै कम्पनीको मात्रै शेयर मूल्य उच्च रहेको छ ।

शेयर बजारमा सबैभन्दा धेरै मूल्य भएका कम्पनीहरुमा युनिलिभर नेपाल लिमिटेड, राष्ट्रिय बीमा कम्पनी लिमिटेड, बोटलर्स नेपाल (तराई) लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, जीवन लघुवित्त वित्तीय संस्था लिमिटेड, हिमालय डिस्टिलरी लिमिटेड, महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, नागरिक लगानी कोष लिमिटेड, फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् ।

युनिलिभर नेपाल लिमिटेडको शेयर मूल्य बुधबारसम्म प्रतिकित्ता १९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।

राष्ट्रिय बीमा कम्पनी लिमिटेडको बुधबारसम्म शेयर मूल्य प्रतिकित्ता १७ हजार ५५० रुपैयाँमा कारोबार भएको छ ।

बोटलर्स नेपाल (तराई) लिमिटेडको बुधबारसम्म शेयर मूल्य प्रतिकित्ता १३ हजार ३२० रुपैयाँमा कारोबार भएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको बुधबारसम्म शेयर मूल्य प्रतिकित्ता ५ हजार ५५० रुपैयाँमा कारोबार भएको छ ।

जीवन लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ४ हजार ९७५ रुपैयाँमा कारोबार भएको छ ।

हिमालय डिस्टिलरी लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ३ हजार ९५० रुपैयाँ रहेको छ ।

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ३ हजार ६४८ रुपैयाँ रहेको छ ।

नागरिक लगानी कोष लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ३ हजार १६८ रुपैयाँ रहेको छ ।

फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य बुधबार २ हजार २९२ रुपैयाँमा कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्