नेप्सेमा ३ कम्पनीको २ करोड ५९ लाख कित्ता बोनस शेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार विभिन्न ३ कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । एनएमबि बैंक, एभरेष्ट बैंक र गणपति लघुवित्तको गरी कूल २ करोड ५९ लाख ८५ हजार ६५९.२०५ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
एनएमबि बैंक लिमिटेडको १२.५० प्रतिशत बोनस शेयर बापतको २ करोड ४ लाख ७ हजार ४५१.०७ कित्ता बोनस शेयर सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको १२.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ३.३ प्रतिशत नगद गरी कूल १५.८ प्रतिशत लाभांश वितरण गरेको थियो ।
यस्तै, एभरेष्ट बैंक लिमिटेडको ६ प्रतिशत बोनस शेयर बापतको ५३ लाख ३६ हजार २३०.३१ कित्ता बोनस शेय नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्षको नाफाबाट कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर कर प्रयोजनार्थ ४.३२ प्रतिशत नगद गरी कूल १०.३२ प्रतिशत लाभांश वितरण गरेको थियो ।
त्यस्तै, गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको १९ प्रतिशत बोनस शेयर बापतको २ लाख ४१ हजार ९७७.८२५० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १ प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गरेको थियो ।