नेप्सेमा ४ कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ? « Arthapath.com
२३ जेष्ठ २०८२, शुक्रबार

नेप्सेमा ४ कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार विभिन्न ४ कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । सोमबार वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड, नेपाल एसबीआई बैंक लिमिटेड, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स कम्पनी लिमिटेडको बोनस शेयर सूचीकृत भएको हो ।

वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनस बापतको ८ लाख २३ हजार ८८८.८० कित्ता बोनस शेयर नेप्सेका सूचीकृत भएको हो ।

त्यस्तै, नेपाल एसबीआई बैंक लिमिटेडको ३.५० प्रतिशत बोनस बापतको ३३ लाख २२ हजार ७५२.२६०३ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

त्यस्तै, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ प्रतिशत बोनस शेयर बापतको ३६ लाख २५ हजार ५८५.५४ कित्ता बोनस शेयर नेप्सेका सूचीकृत भएको हो ।

त्यस्तै, पोखरा फाइनान्स कम्पनी लिमिटेडको ८.०७५ प्रतिशत बोनस शेयर बापतको ७ लाख ७७ हजार ७४०.२३ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।


प्रतिक्रिया दिनुहोस्