शेयर बजारमा ब्रेक लाग्यो

काठमाडौं । निरन्तर ओरोलो लागेको शेयर बजारमा सोमबार भने हरियाली छाएको छ । यसअघि दोहोरो अंकले घटिरहेको बजारमा सोमबार ब्रेक लागेको हो ।
सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १८.०७ अंकले बढेर २६३४.६५ अकंमा बन्द भएको छ । त्यस्तै, सोमबार दिनभरिमा २३१ कम्पनीको ५१ लाख ८९ हजार ८३ कित्ता शेयर ३७ हजार ९३९ पटक किनबेच हुँदा २ अर्ब ५९ करोड २७ ालख १८ हजार १३१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
सोमबार होटल तथा पर्यटन समूह र अन्य समूहबाहेक सबै समूहमा हरियाली छाएको छ ।
