छुट्नु होला है, दोर्दी खोला जलविद्युतको आईपीओमा आवेदन दिने आज अन्तिम दिन « Arthapath.com
५ जेष्ठ २०७९, बिहीबार

छुट्नु होला है, दोर्दी खोला जलविद्युतको आईपीओमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज (जेठ ५ गते) अन्तिम दिन रहेको छ । बैशाख १३ गतेदेखि कम्पनीले चुक्ता पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४ सय रुपैयाँको १० प्रतिशत अर्थात् १० करोड ५४ लाख २६ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो ।

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका १० लाख ५४ हजार २६० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र अर्थात् लमजुङ्ग जिल्लाको दोर्दी गाउँपालिकाका वासिन्दाहरु (साविक भारते, अर्चलवोट, श्रीभन्ज्याङ, नौथर, पाचोक, ढोडेनी, फलेनी, बन्सार र हिलेटक्सार (१–८) लागि निष्काशन तथा बिक्री खुला गरेको हो ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा छिटोमा बैशाख २७ गते र ढिलोमा जेठ ११ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा स्थानिय लगानीकर्ताले न्यूनतम १० कित्तासम्म र अधिकतम १० लाख कित्तासम्म आवेदन दिन पाउनेछन् ।

कम्पनीको आईपीओमा सिद्धार्थ बैंक लिमिटेड बेलीशहर शाखा लमजुङ्ग, ग्लोबल आइएमई बैंक लिमिटेड सेरा बजार दोर्दी, कामना सेवा विकास बैंक लिमिटेड बेसीशहर शाखा लमजुङ्ग, मुक्तिनाथ विकास बैंक बेसीशहर शाखा लमजुङ्ग र एनएमबि बैंक लिमिटेड बेसी शहर शाखा लमजुङ्ग र आयोजनाको कार्यस्थलबाट आवेदन दिन सकिनेछ । यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपाले कम्पनीलाई इक्राएनपी आईआर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।


प्रतिक्रिया दिनुहोस्