रिभर फल्स पावरको शेयरमा नकारात्मक सर्किट, यी लगानीकर्ताले कमाए-गुमाए
काठमाडौं । साताको पहिलो दिन शेयर बजारमा भारी गिरावट आएको छ । आइतबार नेप्से परिसूचक ३७.२७ अकंले घटेर १९३४.११ बिन्दुमा बन्द भएको हो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२३ कम्पनीको ३६ लाख ६६ हजार ८९१ कित्ता शेयर किनबेच भएको छ । नेप्से उच्च अकंले घट्दा कारोबार भने १ अर्ब १३ करोड ४० लाख ९१ हजार २१२ रुपैयाँ भएको हो ।
नेप्से ३७ अकंले घटेर कारोबार समेत खुम्चिदा आज एक कम्पनीको शेयरमा सर्किट लागेको छ । आइतबार आधिँखोला लघुवित्तको शेयरमा सर्किट लागेको हो । साथै, प्रभु लाइफ इन्स्योरेन्सको ४.०५ प्रतिशत, सिवाईसी लघुवित्तको ४.०२ प्रतिशत र राष्ट्र उत्थान लघुवित्तको २.१५ प्रतिशतले बढेको हो ।

त्यस्तै, आज रिभर फल्स पावरको शेयरमा नकारात्मक सर्किट लागेको छ । साथै, बलेफी हाइड्रोपावरको ८.१९ प्रतिशत, मितेरी डेभलपमेन्ट बैंकको ७.६८ प्रतिशत, माउन्टेन हाइड्रो नेपालको ७.३३ प्रतिशत र हिमाल दोलाखा हाइड्रोपावरको ७.२४ प्रतिशतले शेयर घटेको हो ।

















