आजदेखि पिपुल्स पावरको आईपीओ बिक्री खुला, क-कसले आवेदन दिन पाउँछन् ? « Artha Path
८ असार २०७९, बुधबार

आजदेखि पिपुल्स पावरको आईपीओ बिक्री खुला, क-कसले आवेदन दिन पाउँछन् ?



काठमाडौं । पिपुल्स पावर लिमिटेडले आज (असार ८ गते, बुधबार) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो ।

कम्पनीको जारी पूँजी ६३ करोड २६ लाख रुपैयाँको १० प्रतिशतले हुने प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका ६ लाख ३२ हजार ६ सय कित्ता शेयर निष्काशन गरेको हो । जसमध्ये इलाम जिल्ला इलाम नगरपालिका वडा नं. १ र ४ अति प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि १ लाख ८९ हजार ७८० कित्ता र इलाम नगरपालिका वडा नं. १ र ४ बाहेकको इलाम जिल्लाका बासिन्दाहरुका लागि ४ लाख ४२ हजार ८२० कित्ता शेयर बिक्री खुला गरिएको हो ।

कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा असार २२ गते र सो अवधिसम्म पूर्ण आवेदन नपरेमा साउन ४ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल बंगलादेश बैंकको फिक्कल शाखा, प्रभु बैंकको सन्दुकपुर र इलाम शाखा, ग्लोबल आइएमई बैंकको फिक्कल र इलाम शाखा, प्राइम कमर्शियल बैंकको राँके, मंगलबारे, वितौले, तिन घरे र इलाम शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपाले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।


प्रतिक्रिया दिनुहोस्