यी ४ तरिकाबाट हेर्न सकिन्छ दोर्दी खोलाको आईपीओ रिजल्ट, तपाईलाई पर्याे की ? « Arthapath.com
८ असार २०७९, बुधबार

यी ४ तरिकाबाट हेर्न सकिन्छ दोर्दी खोलाको आईपीओ रिजल्ट, तपाईलाई पर्याे की ?



काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीको आईपीओ बुधबार बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १४ लाख ७१ हजार ६६५ जना आवेदकले १ अर्ब ६३ करोड ९७ लाख ११ हजार रुपैयाँ बराबरको १ करोड ६३ लाख ९७ हजार ११० कित्ता शेयरका लागि आवेदन दिएका थिए । जसमा विभिन्न कारणले ८८२ जनाको आवेदन रद्द भएको छ भने १४ लाख ७० हजार ७८३ जना आवेदकको मात्रै सदर भएको छ ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिमार्फत १० कित्ताका दरले बाँडफाँट गरिएको छ । कित्ताका दरले बाँडफाँट गर्दा २ लाख १ हजार ९८३ जनाले कम्पनीको आईपीओ पाएका छन् । १० कित्ताका दरले बाँडफाँट गर्दा ९ कित्ता बाँकी रहन्छन् । ९ जनाले भने बाँकी रहेको ९ कित्ताबाट एकएक कित्ता थप गरेर ११ कित्ताका दरले पाएका छन् ।

कम्पनीले जेठ २६ गतेदेखि जेठ ३१ गतेसम्म प्रतिकित्ता १०० अंकित दरका २१ लाख ९५ हजार ५०९ कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो । जसमध्ये ३ प्रतिशत अर्थात ६५ हजार ८६५ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख ९ हजार ७७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि र बाँकी २० लाख १९ हजार ८३९ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको थियो ।

कम्पनीको आईपीओ बाँडफाँट सम्पन्न भईसकेकाले रिजल्ट हेर्न विभिन्न ४ तरिका रहेका छन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको वेभसाइट https://www.siddharthacapital.com/, सिडिएसीको मेरो शेयरको वेभसाइट https://meroshare.cdsc.com.np/#/login, सिडिएसले आईपीओको रिजलट हेर्न सञ्चालनमा ल्याएको वेभसाइट https://iporesult.cdsc.com.np/ र दोर्दी खोलाको वेभसाइट https://dordikhola.com.np/बाट रिजल्ट हेर्न सकिन्छ ।

रिजल्ट हेर्न यहाँ क्लिक गर्नुहोला:

https://www.siddharthacapital.com/

https://meroshare.cdsc.com.np/#/login,

https://iporesult.cdsc.com.np/

https://dordikhola.com.np/


प्रतिक्रिया दिनुहोस्