यी हुन आज सर्वाधिक कमाउने १० कम्पनीका लगानीकर्ता « Arthapath.com
१४ भाद्र २०७९, मंगलवार

यी हुन आज सर्वाधिक कमाउने १० कम्पनीका लगानीकर्ता



काठमाडौं । शेयर बजारमा आज सुधार देखिएको छ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज –नेप्सें) २.१९ अकंले बढेर १९९५.२१ बिन्दुमा बन्द भएको हो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२६ कम्पनीको २९ लाख १४ हजार ५०५ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब १ करोड ९५ लाख १६ हजार ६९६ रुपैयाँको कारोबार भएको हो । अघिल्लो कारोबारको दिने भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२२ कम्पनीको ३४ लाख ४० हजार ९ सय कित्ता शेयर किनबेच हुदाँ १ अर्ब २६ करोड ६६ लाख १९ हजार १५० रुपैयाँको कारोबार भएको थियो ।

आज नेप्सेमा सुधार आएसँगै अपर हेवाखोला हाइड्रोपावरका लागनीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीको शेयर आज ८.४५ प्रतिशतले बढेको हो । साथै, नबिल ब्यालेचड फण्ड ३ को ५.३२ प्रतिशत, ग्लोबल आइएमई समुन्नति स्वाचको ३.४९ प्रतिशत र इमर्जिङ नेपालको ३.३४ प्रतिशतले बढेको हो ।


प्रतिक्रिया दिनुहोस्