नेपाल वेयरहाउजिङ्गले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल

काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडले सर्वसाधरणहरुको लागि शेयर निष्काशन गर्ने भएको छ । उक्त शेयर निष्काशन तथा बिक्रि प्रबन्धक सेवा सम्बन्धमा हिमालयन क्यापिटल लिमिटेडले नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडसँग समझदारी गरेको हो ।
नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडको जारी पुँजीको २० प्रतिशत बराबरले हुन आउने कुल १३ लाख ७५ हजार कित्ता शेयर सर्वसाधारणहरुका लागि सार्वजनिक निष्काशन हेतु निष्कासन तथा बिक्रि प्रबन्धक सेवा सम्बन्धमा सम्झौता गरेका हुन् ।
उक्त सहमतिमा धितोपत्र निष्कासन तथा बिक्रि प्रबन्धक संस्था हिमालयन क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्त र निष्कासन कम्पनी नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री जय मुकुन्द खनालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
कृषि क्षेत्रको आधुनिकीकरणका निम्ति समयानुकुल कृषि उपज भण्डारण सेवा प्रदान गर्दै राष्ट्रको दिर्घकालिन खाद्य सुरक्षामा योगदान हेतु अग्रसर रहेको नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडमा नेपालको औद्योगिकीकरण र व्यापार प्रवद्र्धनमा उल्लेखनीय योगदान पुर्याउदैआईरहेका प्रख्यात व्यवसायिक घरानाहरु र विभिन्न प्रतिष्ठित संगठित संस्थाहरुको लगानी रहेको छ । कम्पनीले प्रदेश नं १, मधेश प्रदेश र लुम्बिनी प्रदेशमा ५ हजार ५ सय मेट्रिक टनका आधुनिक साइलोहरु मार्फत कृषकहरुलाई अन्न भण्डारणको सुबिधा प्रदान गर्नेछ । साथै कृषिजन्य उत्पादनहरुको लिलाम बढाबढ तथा वेयरहाउस रिसिप्ट फाईनान्सीङ्ग गर्न आवश्यक पूर्वाधार तयार गरी बैंक तथा वित्तीय संस्थाको समन्वयमा धितो बन्धक व्यवस्थापनको कार्य गर्नेछ ।