सिद्धार्थ इक्विटी फन्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ को नगद लाभाश इकाईधनीको खातामा « Arthapath.com
१७ भाद्र २०७९, शुक्रबार

सिद्धार्थ इक्विटी फन्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ को नगद लाभाश इकाईधनीको खातामा



काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले दुई फण्डको लाभांश इकाईधनीलाई बैंकमा पठाउन सुरु गरेको छ । सिद्धार्थ इक्विटी फन्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ ले आफ्ना इकाईधनीलाई नगद लाभांश बैंक खातामा भदौ १५ गतेदेखि पठाउनु सुरु गरेको हो ।

दुवै फन्डले भदौ ६ गतेसमम डिम्याट खातासँग बैंक खाता अध्यावधिक गराएका इकाईधनीहरुको प्रतिफल पठाएको हो । गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट आफ्ना इकाईधनीहरुलाई सिद्धार्थ इक्वीटी फण्डले ९ प्रतिशत र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले १० प्रतिशतका दरले प्रतिफल जम्मा गरिदिएको हो ।

साथै, अहिलेसम्म डिम्याट खातासँग बैंक खातासँग अद्यावधिक नगराएका इकाईधनीहरुले खाता अद्यावधिक गराउन आग्रह गरेका छन् । हालसम्म हितग्राही खाता नखोलेका इकाईधनीले भने खाता खोलेर इकाई डिम्याट गर्नुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस्