सुधारिएको शेयर बजार यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको पहिलो शेयर बजारमा सुधार देखिएको छ ।केही साता यता निरन्तर ओरालो लागेको शेयर बजार यो साताको सुरुवात मै सकारात्मक सुचक देखा परेको हो । आज नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्जको लागि न्युनतम चुक्ता पूँजी ३ अर्ब रुपैयाँ प्रस्ताव गरी नियमावली संशोधनको लागि पठाएको छ ।
आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.६८ अकंले बढेर १९७७.३० बिन्दुमा बन्द भएको छ । शुक्रबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.६७ अकंले घटेर १९७०.६२ बिन्दुमा बन्द भएको थियो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२७ कम्पनीको २८ लाख ७६ हजार २८८ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ७ करोड १६ लाख १५ हजार ९२२ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन पूँजी बजारमा नेप्सेमा सूचीकृत २१९ कम्पनीको १८ लाख १ हजार २७३ कित्ता शेयर किनबेच हुदाँ ६९ करोड ८८ लाख ५ हजार ९५० रुपैयाँको कारोबार भएको थियो ।
आज नेप्सेमा सुधार आउँदा रिडी पावरको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । आज कम्पनीको ८ करोड ९१ लाख रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, नेपाल टेलिकमको ६ करोठ ५३ लाख ३७ हजार रुपैयाँ, नबिल बैंकको ६ करोड ३० लाख ४९ हजार रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ५ करोड ७८ लाख १६ हजार रुवैयाँको कारोबार भएकाो हो ।
