रुरु जलविद्युतको शेयरमा सर्किट, यी लगानीकर्ता भए आज मालामाल

काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.६८ अकंले बढेर १९७७.३० बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२७ कम्पनीको २८ लाख ७६ हजार २८८ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ७ करोड १६ लाख १५ हजार ९२२ रुपैयाँको कारोबार भएको हो ।
आज रुरु जलविद्युतका लगानीकर्ता मालामाल भएका छन् । कम्पनीको शेयरमा आज सर्किट लागेको छ । कम्पनीको शेयर आज ८९.५० रुपैयाँले बढेर प्रतिकित्ता ९८४.५० रुपैयाँ पुगेको छ ।
त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ९.१८ प्रतिशत, जोशी हाइड्रोपावरको ८.१२ प्रतिशत, यूनियन इन्स्योरेन्सको ६.३३ प्रतिशत र अपर हेवाखोला हाइड्रोपावरको ५.७५ प्रतिशतले शेयर बढेको हो ।
