झिनो अकंले घटेको शेयर बजारमा यी कम्पनीको भयो सर्वाधिक कारोबार « Arthapath.com
२० भाद्र २०७९, सोमबार

झिनो अकंले घटेको शेयर बजारमा यी कम्पनीको भयो सर्वाधिक कारोबार



काठमाडौं । शेयर बजारको उत्साह एक दिन समेट टिक्न सकेन । शेयर बजार यो साताको पहिलो दिन सुधार देखिएको भइपनि दोस्रो दिने सामान्य अकंले ओरालो लागेको हो । शेयर बजारमा झिनो सुधार र झिनो ओरालो लाग्ने क्रम जारी छ ।

सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.२९ अकंले घटेर १९७३.०१ बिन्दुमा बन्द भएको छ । आइतबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.६८ अकंले बढेर १९७७.३० बिन्दुमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२४ कम्पनीको २४ लाख ४४ हजार ३४४ कित्ता शेयर किनबेच हुदाँ ९० करोड ९९ लाख ४ हजार ७५१ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन पूँजी बजारमा नेप्सेमा सूचीकृत २२७ कम्पनीको २८ लाख ७६ हजार २८८ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ७ करोड १६ लाख १५ हजार ९२२ रुपैयाँको कारोबार भएको थियो ।

नेप्से ओरालो लाग्दा आज रिडी पावरको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज ९ करोड ९६ लाख ९४ हजार रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ४ करोड ५९ लाख ७८ हजार रुपैयाँ, नबिल बैंकको ४ करोड ५६ लाख ५५ हजार रुपैयाँ, नेष्डो समृद्ध लघुवित्तको २ करोड ८५ लाख रुपैयाँ र नेपाल टेलिकमको २ करोड २३ लाख १७ हजार रुपैयाँको कारोबार भएको हो ।


प्रतिक्रिया दिनुहोस्