यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए « Arthapath.com
२० भाद्र २०७९, सोमबार

यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए



काठमाडौं । हिजो सुधार आएको शेयर बजारमा आज भने ओरालो लागेको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.२९ अकंले घटेर १९७३.०१ बिन्दुमा बन्द भएको हो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२४ कम्पनीको २४ लाख ४४ हजार ३४४ कित्ता शेयर किनबेच भएको छ । नेप्से ओरालो लाग्दा ९० करोड ९९ लाख ४ हजार ७५१ रुपैयाँको कारोबार भएको छ ।

आज मैलुङ खोला जलविद्युतका शेयरधनीहरुले सर्वाधिक कमाएका छन् । कम्पनीको शेयर ७.४३ प्रतिशतले बढेको हो । साथै, हिमायन एभरेष्ट इन्स्योरेन्सको ३.९३ प्रतिशत र रिडी पावरको ३.२३ प्रतिशतले बढेको हो ।


प्रतिक्रिया दिनुहोस्