घटेको बजारमा तीन कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति बिक्री भयो सेयर ? « Arthapath.com
२१ भाद्र २०७९, मंगलवार

घटेको बजारमा तीन कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति बिक्री भयो सेयर ?



काठमाडौं । साताको तेस्रो कारोबार दिन पनि सेयर बजार दोहोरो अंकले घटेको छ । उक्त दिन बजार २१.२२ अंकले घटेको हो ।

आज बजार परिसुचक १९५१.७९ अंकको विन्दुमा पुगेर बन्द भएको छ । आज म्युचुअल फण्ड ०.०६ अंकले वृद्धि भएको छ । यी बाहेकका सबै समूहहरु रातम्मे बनेका छन् ।

उक्त दिन कारोबार रकममा भने झिनो बढोत्तरी देखिएको छ । आज १ अर्ब १९ करोड ७ लाख ६५ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

उक्त दिन हिमालयन एभरेष्ट इन्स्योरेन्ससहित तीन कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ । आज हिमालयन एभरेष्टको ९ करोड १४ लाख १८ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो । उक्त दिन कम्पनीको २ लाख १७ हजार २३ कित्ता सेयर किनबेच भएको छ । कम्पनीको सेयर मूल्य ४२२ रुपैयाँ ९० पैसा कायम भएको छ ।

यस्तै, कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको रिदी पावरको ९ करोड ११ लाख ७० हजार रुपैयाँ बराबरको १ लाख ५२ हजार ९१४ कित्ता सेयर खरिदबिक्री भएको छ । कम्पनीको सेयर मूल्य भने ५८४ रुपैयाँ रहेको छ ।

त्यसैगरि तेस्रो स्थानमा रहेको सानिमा माइ हाइड्रोपावरको ८ करोड ५५ लाख ८७ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आज कम्पनीको २ लाख ८८ हजार ३६३ कित्ता सेयर किनबेच भएको हो । कम्पनीको सेयर मूल्य २९१ रहेको छ।


प्रतिक्रिया दिनुहोस्