नजिकियो दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम मिति, कहिलेसम्म बन्ने सेयरधनी ? « Arthapath.com
२१ आश्विन २०७९, शुक्रबार

नजिकियो दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम मिति, कहिलेसम्म बन्ने सेयरधनी ?



काठमाडौं । दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम मिति नजिकिएको छ । सिटिजन्स बैंक र रु रु जलविद्युत परियोजनाको लाभांश सुरक्षित गर्ने अन्तिम मौका नजिकिएको हो ।

सिटिजन्स बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि आउँदो असोज २८ गते बुक क्लोज गर्ने भएको हो । जसका आधारमा असोज २७ गतेसम्म कायम सेयरधनीहरुले सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंकले आउँदो कात्तिक ४ गते साधारण सभा डोकेको छ । सभामा लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीलाई ९ प्रतिशत लाभांश वितरण गर्नेछ ।

बैंकले गत आवमो वितरण योग्य मुनाफबाट १ अर्ब २७ करोड ८० लाख ८७ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको हो ।
सभामा बैंकले अन्य बैंकसँग मर्जरमा जान वा बैदेशिक साझेदारीमा जामनको लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने भएको छ ।

यस्तै, सभामा गत आवको सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल एवं लेखापरीक्षकको प्रतिवेदनसहित २०७९ असार मसान्तको वासलात र नाफानोक्सानको हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायत वित्तीय विवरण माथि छलफल हुनेछ ।

यस्तै, रु रु जलविद्युत परियोजनाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज २६ गते बुक क्लोज गर्ने भएको छ । यसका आधारमा असोज २५ गतेसम्म कायम सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।

परियोजनाले आउँदो कात्तिक ४ गते साधारण सभा बोलाएको छ । सभाले गत आव २०७८/७९ को मुनाफाबाट १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्नेछ । कम्पनीले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीले सभाभा गत आव २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी नाफा नोक्सान लगायतका विषयमा छलफल गर्नेछ । यस्तै चालु आव २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्