तिहारअघि नै लाभांश वितरण गर्दै चार कम्पनी, कुनको बोनस र नगद कति ? « Arthapath.com
१० असार २०८३, बुधबार

तिहारअघि नै लाभांश वितरण गर्दै चार कम्पनी, कुनको बोनस र नगद कति ?



काठमाडौं । चार कम्पनीले तिहारअघि नै आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ ।

नेपाल ल्युब आयल, सिटिजन्स बैंक, रु रु जलविद्युत परियोजना र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले तिहारअघि नै सेयरधनीलाई लाभांश दिने भएका हुन् ।

यस वर्षको तिहार कात्तिक १० गते परेको छ । ती कम्पनीहरुले सो मिति भन्दा अघि नै साधारण सभा बोलाएका हुन् ।

नेपाल ल्युब आयल, सिटिजन्स बैंक, रु रु जलविद्युत परियोजनाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश वितरण लागेको हो । तर, गुराँस लाइफले आव २०७६/७८ को मुनाफाबाट लाभांश दिने भएको हो ।

लाभांश वितरणका लागि कम्पनीहरुले तिहारअघि नै साधारण सभा बोलाएका छन् । लाभांश पारितको मुख्य एजेण्डासहित नेपाल ल्यूब आयलले असोज २८ गते नै साधारण सभा बोलाएको छ ।

सभामा कम्पनीले गत आवको सञ्चित मुनाफबाट ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले आफ्ना सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।

सोही सभाले गत आवको प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै कम्पनीको अधिकृत एवम् जारी पूँजी वृद्धि गरी १० करोड रुपैयाँ कायम गर्ने प्रस्तावलाई समेत स्वीकृति प्रदान गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज १४ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । यसका आधारमा असोज १३ गतेसम्म कायम सेयरधनीहरुले सभामा भाग लिन र लाभांश पाउनेछन् ।

यस्तै, लाभांश वितरणका लागि सिटिजन्स बैंकले आउँदो कात्तिक ४ गते साधारण सभा डोकेको छ ।

बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीलाई ९ प्रतिशत लाभांश वितरण गर्नेछ । बैंकले गत आवमो वितरण योग्य मुनाफबाट १ अर्ब २७ करोड ८० लाख ८७ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको हो ।

सभामा बैंकले अन्य बैंकसँग मर्जरमा जान वा बैदेशिक साझेदारीमा जामनको लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने भएको छ ।

यस्तै, सभामा गत आवको सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल एवं लेखापरीक्षकको प्रतिवेदनसहित २०७९ असार मसान्तको वासलात र नाफानोक्सानको हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायत वित्तीय विवरण माथि छलफल हुनेछ ।

साधारणसभा प्रयोजनको लागि बैंकले असोज २८ गते बुकक्लोज गर्ने भएकोले असोज २७ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन पाउनेछन्।

त्यसैगरि, रु रु जलविद्युत परियोजना आउँदो कात्तिक ४ गते साधारण सभा बोलाएको छ । सभाले गत आव २०७८÷७९ को मुनाफाबाट १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीले सभाभा गत आव २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी नाफा नोक्सान लगायतका विषयमा छलफल गर्नेछ ।

यस्तै चालु आव २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारिते गर्नेछ । साधाराण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज २६ गते बुक क्लोज गर्ने भएको छ ।

यता, गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले ७.८३ प्रतिशत लाभांशलाई वितरणयोग्य बनाउन कात्तिक ४ गते साधारण सभा बोलाएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७६/७७ सम्मको मुनाफाबाट हाल कायम चुक्तापूँजी २ अर्ब ८ करोड ४२ लाख ५० हजारको आधारमा ७.४४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।

भाले आव २०७६/७७ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै आव २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण समेत गर्नेछ ।

हाल यो कम्पनी मर्जर प्रक्रियामा छ । गुराँस लाइफ, प्राइम लाईफ र युनियन लाईफ मर्जरमा जाने प्रक्रियामा छन् । सभाले मर्जरसम्बन्धी प्रारम्भिक सम्झौता पत्रलाई समेत अनुमोदन गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्