नयाँ ब्रोकर लाइसेन्सका लागि तम्सिए आठ बैंकसहित २४ कम्पनी, कुन–कुन हुन् ? (नामावलीसहित)
काठमाडौं । नयाँ ब्रोकर लाइसेन्सकाको सिफारिस माग्दै लगानीकर्ताहरु धमाधम नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दर्ता भएका छन् ।
हालसम्म दुई दजर्न कम्पनी नयाँ ब्रोकर लाइसेन्सका लागि नेप्सेमा सिफारिसका लागि पुगेका हुन् । आवेदन दिने अब तीन दिनमात्रै बाँकी रहँदा ८ वटा बैंकसहित २४ कम्पनी नेप्सेमा पुगेका हुन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का सूचना अधिकारी मुराहरी पराजुलीका अनुसार असोज २७ गतेसम्म २४ वटा कम्पनीहरु ब्रोकर लाइलेन्सको सिफारिसका लागि दर्ता भएका हुन् । उनका अनुसार एनआईसी एशिया बैंक, प्रभु बैंक, मेगा, राष्ट्रिय वाणिज्य लगायत ८ बैंकले सिफारिस मागेका हुन् ।
नेप्सेका अनुसार बिहीबारसम्म भोले गणेश सेक्युरिटिज, क्यापिटल मार्केट सेक्युरिटिज, सन, जेबीएनएल, पाही इन्भेष्मेन्ट, मेगा क्यापिटल, हिमालयन ब्रोकरेज, प्रोपर्टी वीजर्ड, माछापुच्छ्रे सेक्युरिटिज, जेबिएलएल, एसपिएसलि, नबिल, शुभकामना, ट्रेड्मो सेक्युरिटिजले सिफारिस दर्ता गराएका हुन् । यस्तै, एलिट स्टक हाउस, इन्डेक्स सेक्युरिटिज, मेगा स्टक मार्केट, एनआइसी एशिया, इफिनिटि सेक्युरिटिज, सेयर प्रो सेक्युरिटिज, कलश स्टक मार्केट, एनएमबि सेक्युरिटिज, केबीएल सेक्युरिटिज, र मियो सेक्युरिटिज कम्पनीले बोर्डमा आवेदन दिन सिफारिस दर्ता भएको नेप्सेले जनाएको छ ।
ब्रोकर लाइसेन्सका लागि नेपाल धितोपत्र बोर्डले गत असोज २ गतेदेखि ३० दिने म्याद राखेर आवेदन खुला गरेको थियो । अब असोज ३१ गतेसम्म लाइसेन्सका लागि आवेदन दिन सकिनेछ । नयाँ ब्रोकर कम्पनी खोल्नको लागि बोर्डमा आवेदन पेश गर्नु अघि नेप्सेको सिफारिस लिनुपर्ने व्यवस्था बोर्डद्वारा जारी धितोपत्र दलाल तथा धितोपत्र व्यापारी नियमावली, २०७९ गरेको छ ।
निवेदकले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ मा तोकिए बमोजिम निवेदन, निवेदन दस्तुर, विवरण तथा कागजात संलग्नगरी बोर्ड समक्ष निवेदन पेस गर्नुपर्नेछ । बोर्डले तोकिएको मापदण्ड अनुसार पुर्वधार तयार पारेपछि ब्रोकर सेवा सञ्चालन गर्न बोर्डले अनुमति दिने जनाएको छ ।
बोर्डले धितोपत्र बजारको विकास तथा विस्तार गर्दै यसको सेवा तथा गुणस्तरमा स्वच्छ, निष्पक्ष, पारदर्शी र प्रतिष्पर्धी बनाई सर्वसाधारण लगानीकर्ताको पहुँच अभिवृद्धि गर्न धितोपत्र बजारमा धितोपत्र दलाल तथा धितोपत्र व्यापारी थप गर्न आवश्यक भएकाले ब्रोकर थप्न लागेको हो ।












