नेपाल इन्स्योरेन्सले कुन वर्ष कति बाँड्यो लाभांश, यस्तो छ ९ वर्षे इतिहाँस
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।
कम्पनीको कात्तिक ४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८।०७९ को लागि कम्पनीका शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त लाभांश बीमा समितिबाट स्विकृत भएर कम्पनीको आगामि वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र शेयरधनीहरुलाई वितरण गरीनेछ ।
विगत ९ वर्ष यताको कम्पनीको लाभांश इतिहाँस हेर्ने हो भने कम्पनीले नगद लाभांश भन्दा बोनस शेयरमा जोड दिएको पाइन्छ । कम्पनीले ९ पटक लाभांश घोषणा गर्दा ३ पटक नगद लाभांश दिएको छैन ।
९ वर्ष यता सबै भन्दा बढी लाभांश कम्पनीले आर्थिक वर्ष २०६८।२०६९ मा दिएको छ । सो आर्थिक वर्षका कम्पनीले २० प्रतिशत बोनस शेयर १.०५ प्रतिशत नगद लाभांश आफ्ना शेयरधनीहरुलाइ वितरण गरेको छ ।
त्यस्तै, आर्थिक वर्ष २०७७।२०७८ मा ११.५७८९ प्रतिशत लाभांश घोषणा गरेको कम्पनीले गत आर्थिक वर्षमा भने कम लाभांश घोषणा गर्नु पुगेको छ । कम्पनीले २०७०।०७१ मा ९ प्रतिशत बोनस शेयर र ०.४७ प्रतिशत नगद लाभांश गरी कुल ९.४७ प्रतिशत, आर्थिक वर्ष २०७६।०७७ मा ८ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत, आर्थिक वर्ष २०७५।०७६ मा ७.५ प्रतिशत बोनस शेयर गरी कुल ७.५ प्रतिशत र आर्थिक वर्ष २०६७।२०६८ मा ७.७३ प्रतिशत मात्र बोनस शेयर वितरण गरृेको छ ।
९ वर्षको इतिहाँस हेर्ने हो भने सबै भन्दा कम आर्थिक वर्ष २०७३।०७४ मा ४.५२ प्रतिशत मात्र बोनस शेयर वितरण गरीको छ । साथै आर्थिक वर्ष २०७२।०७३ मा ५ प्रतिशत बोनस शेयर वितरण गरेको हो ।
यस्तो छ इन्स्योरेन्सको इतिहाँस
















