बरुण हाइड्रो पावरको अवितरित हकप्रद शेयर बाँडफाँट
काठमाडौं । बरुण हाइड्रो पावर कम्पनी लिमिटेडले अवितरित हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले कात्तिक १४ गतेदेखि २१ गतेसम्म ३ लाख ५५ हजार ६० कित्ता हकप्रद शेयर लिलामी प्रक्रिया मार्फत बिक्री गरेको हो ।
तोकिएको अवधिभित्र प्राप्त बोलपत्र कात्तिक २८ गते खोलेको थियो भने उक्त शेयर कात्तिक २९ गते बाँडफाँट गरिएको गरेको हो । कम्पनीको विक्री प्रबन्धक आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
उक्त शेयर बाँडफाँटको अन्तिम मूल्य प्रतिकित्ता १९१ दशमलव ३४ रहेको र यो मूल्यमा बोलपत्र पेश गर्नेको हकमा सापेक्षिक भार अनुसार समानुपातिक रुपमा बाँडफाँट गरिएको बिक्री प्रबन्धकले जनाएको छ ।












