युनाईटेड इदी मर्दि हाइड्रोपावरले गर्यो लाभांश घोषणा « Arthapath.com
८ मंसिर २०७९, बिहीबार

युनाईटेड इदी मर्दि हाइड्रोपावरले गर्यो लाभांश घोषणा



काठमाडौं । युनाईटेड इदी मर्दि एण्ड आर बि हाइड्रोपावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको मंसिर ७ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको १०.५२६ प्रतिशत नगद लाभांश कर प्रयोजका लागि सहित वितरण गर्ने घोषणा गरेको हो ।

साधारणसभा प्रयोजन र लाभांश प्रयोजनका लागि कम्पनीले मंसिर १६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको हुदाँ मंसिर १५ गतेसम्म कायम शेयरधनीहरुले मात्र प्रस्तावित लाभांश प्राप्त गर्ने सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्