ब्याजदर घटाउने निर्णयले फर्कियो सेयर बजारमा रौनक, कारोबार रकममा पनि बढोत्तरी « Arthapath.com
२५ फाल्गुन २०७९, बिहीबार

ब्याजदर घटाउने निर्णयले फर्कियो सेयर बजारमा रौनक, कारोबार रकममा पनि बढोत्तरी



काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा हरियाली छाएको छ । बिहीवार बजार ५०.०४ अंकले बढेको छ ।

बैंकहरुले आगामी चैत १ गतेदेखि लागू हुनेगरि निक्षेप र कर्जाको ब्याजदर घटाउने निर्णय गरेका छन् । सो निर्णयपछि नै सेयर बजारमा बढोत्तरी आएको हो ।

सो दिन बजार परिसुचक २ हजार अंकको बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबार रकममा पनि सुधार देखिएको छ । आज सबै सूचकहरु हरियाली देखिएको छ । सो दिन १ अर्ब ५६ करोड ५५ लाख ५८ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

सो दिन सबैभन्दा धेरै शिवम् सिमेन्टको सेयर कारोबार भएको छ । कम्पनीको ७ करोड ८५ लाख ८८ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

यस्तै, कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको हिमालयन डिस्टीलरीको ५ करोड ७३ लाख १७ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

तेस्रो स्थानमा रहेको अरुण कावेली पावरको पनि ४ करोड ७६ लाख ४६ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।


प्रतिक्रिया दिनुहोस्