रावा इनर्जी डेभलपमेन्टले ८ लाख कित्ता आइपीओ जारी गर्ने, बोर्डबाट पायो अनुमति « Arthapath.com
३० फाल्गुन २०७९, मंगलवार

रावा इनर्जी डेभलपमेन्टले ८ लाख कित्ता आइपीओ जारी गर्ने, बोर्डबाट पायो अनुमति



काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले आईपीओ निष्कासन गर्न भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड अनुमति समेत प्राप्त गरेको हो ।

कम्पनीले ८ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्न बोर्डबाट फागुन २५ गते अनुमति पाएको हो । अब कम्पनीले पहिलो चरणमा बैदेशिक रोजगारी र आयोजना प्रभावित स्थानिय बासिन्दाका लागि निष्कासन गर्ने छ भने दोस्रो चरणमा सर्वसाधारणका लागि खुलाउनेछ ।

कम्पनीको विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्