अन्तिम दिनसम्म कति पर्यो सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपीओमा आवेदन ? « Arthapath.com
३० फाल्गुन २०७९, मंगलवार

अन्तिम दिनसम्म कति पर्यो सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपीओमा आवेदन ?



काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपीओमा आज अन्तिम दिन (फागुन ३० गते) सम्म १ अर्ब ६२ करोड ४० लाख ९४ हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज साँझ ५ः३ बजेसम्म १४ लाख १२ हजार ०१३ जना आवेदकले १ करोड ६२ लाख ४० हजार ९४० कित्ता सेयरका लागि आवेदन दिएका हुन ।

कम्पनीले फागुन २६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो । कम्पनीले जारी पूँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १५ प्रतिशत अर्थात् ८९ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरको ४९ लाख ९८ हजार ७५० कित्ता साधारण शेयर सर्वसाधारणमा निष्कासन गर्न छुट्याएको थियो । त्यसमध्ये १० प्रतिशत अर्थात् ४ लाख ९९ हजार ८७५ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि र ५ प्रतिशत अर्थात् २ लाख ४९ हजार ९३६ कित्ता शेयर सामूहिक लगानी कोषहरुको लागि बाँडफाँट गरिसकेको छ । बाँकी रहेको ४२ लाख ४८ हजार ९८३ कित्ता शेयर फागुन २६ गतेदेखि सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।


प्रतिक्रिया दिनुहोस्