सोनापुर मिनरल्सको आइपीओ बाँडफाँट, यसरि हेनुहोस् नतिजा « Arthapath.com
२ आश्विन २०८०, मंगलवार

सोनापुर मिनरल्सको आइपीओ बाँडफाँट, यसरि हेनुहोस् नतिजा



काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आइपीओमा बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलले आज आइपीओ बाँडफाँट गरेको हो ।

कम्पनीले साउन २९ गतेदेखि आईपीओमा जारी गरेको थियो । कम्पनीले जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशत अर्थात १ अर्ब २३ करोड २० हजार रुपैयाँ बराबरको प्रतिशत १०० रुपैयाँ दरका १ करोड २३ लाख २०० लाख कित्ता आइपीओे निष्कासनको अनुमति पाएको थियो । जसमध्ये उद्योग प्रभावित क्षेत्र दाङ्ग र रोल्पा जिल्लाका स्थानिय बासिन्दाहरुका लागि अंकित मूल्यमा १२५ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर २२५ रुपैयाँमा १५ लाख ३७ हजार ५२५ कित्ता आइपीओ निष्कासन गरेको थियो ।

४७ हजार ८१० कित्ता खरिदका लागि २४० जना आवेदकहरु र सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु मार्फत ८६ हजार ७५० कित्ता खरिदका लागि ४१७ जना गरी जम्मा ६५७ जना आवेदकहरुबाट १ लाख ३४ हजार ५६० कित्ता शेयर खरिदका लागि आवेदन प्राप्त भएकोमा १ जना आवेदकको ४० कित्ता शेयरको आवेदन रितपुर्वक नदेखिएकोले सो आवेदनलाई अयोग्य ठह¥याई रद्द गरी कूल ६५६ जना आवेदकहरुबाट प्राप्त १ लाख ३४ हजार ५२० कित्ता शेयरका लागि रितपूर्वक दरखास्त प्राप्त भएकोम थियो । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ बमोजिम रितपूर्वक प्राप्त भएको ६५६ जना आवेदकहरुबाट प्राप्त १ लाख ३४ हजार ५२० कित्ता शेयरका लागि प्राप्त भएको आवेदनहरुमध्ये न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार ००० कित्ता सम्म माग गरी आवेदन गर्नुहुने सम्पूर्ण आवेदकहरुलाई निजहरुको आवेदन माग बमोजिम १० देखि १० हजार ००० कित्ताको दरले १ लाख ३४ हजार ५२० कित्ता बाँडफाँट गरिएको छ ।

कम्पनीको आइपीओ यी तरिकाबाट हेर्न सकिनेछ ।

सीडीएसले आइपीओको नतिजा हेर्न बनाएको वेबसाइटः  iporesult.cdsc.com.np/ 

बिक्री प्रबन्धकको वेबसाइट: https://www.nimbacecapital.com/

मेरोसेयर एप: https://meroshare.cdsc.com.np/#/login


प्रतिक्रिया दिनुहोस्