रोकिएन सेयर बजारको ओरालो यात्रा, कारोबार रकम पनि खुम्चिँदै « Arthapath.com
९ फाल्गुन २०८०, बुधबार

रोकिएन सेयर बजारको ओरालो यात्रा, कारोबार रकम पनि खुम्चिँदै



काठमाडौं । सेयर बजारमा निरन्तर गिरावट आएको छ । बुधवार पनि बजार ६.४६ अंकले घटेको हो ।

उक्त दिन बजार परिसूचक २०२६.५९ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । सो दिन उत्पादक तथा प्रशोधन समूह मात्रै २.८४ अंकले वृद्धि भएको छ । यो बाहेकका सबै समूह राताम्य बनेका छन् ।

उक्त दिन २ अर्ब २४ करोड १९ लाख ७६१ हजार रुपैयाँ बराबरको ६३ लाख ४१ हजार १७४ कित्ता मात्रै सेयर किनबेच भएको छ ।

उक्त दिन हिमालयन रिइन्स्योरेन्सकै सबैभन्दा धेरै सेयर कारोबार भएको छ । आज कम्पनीको ११ करोड १२ लाख २८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

दोस्रो सूचीमा रहेको एनआइसी एशिया बैंकको ६ करोड २६ लाख ७५ हजार, पिपुल्स हाइड्रोपावरको ६ करोड ९ लाख बराबरको सेयर किनबेच भएको छ।


प्रतिक्रिया दिनुहोस्