राधी विद्युत कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत « Arthapath.com
१४ फाल्गुन २०८०, सोमबार

राधी विद्युत कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत



काठमाडौं । राधी विद्युत कम्पनीको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । सोमबार कम्पनीको ४.७५ प्रतिशत बापतको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले सो बराबरको ७ लाख ९६ हजार ९० दशमलव ४१ कित्ता बोनस सेयर सूचीकृत गराएको हो । अब उक्त बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्