थप सात कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत, कुनको कति कित्ता ? « Arthapath.com
१८ फाल्गुन २०८०, शुक्रबार

थप सात कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत, कुनको कति कित्ता ?



काठमाडौं । यो साता सेयर बजारमा आधा दर्जन कम्पनीहरुको डेढ करोड कित्ता बोनस सेयर थपिएको छ । विभिन्न ७ वटा कम्पनीको १ करोड ३६ लाख बढी कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको हो ।

यस सातामा नेप्सेमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, शिवम सिमेन्ट, राधी विद्युत, हाथ वे इन्भेष्टमेन्ट नेपाल, सिटिजन लाइफ इन्स्योरेन्स र फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको बोसस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा शाइन रेसुङ्गाको ४४ लाख ९८ हजार ७७ दशमलव ३७ कित्ता, शिवम सिमेन्टको ६२ लाख ७० हजार कित्ता, नेपाल इन्स्योरेन्सको १४ लाख ९४ हजार ७६६ कित्ता र राधी विद्युतको ७ लाख ९६ हजार ९० दशमलव ४१ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

यस्तै, हाथवेको २३ लाख ४० हजार कित्ता, सिटिजन लाइफको १८ लाख ७५ हजार र फर्स्ट माइक्रोफाइनान्सको ८ लाख ६० हजार ८०९ दशमलव ४६ कित्ता बोनस सेयर सूचीकृत भएको छ।

यी मध्ये केही कम्पनीको बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भईसकेको छ भने केहीको बाँकी छ । सम्वन्धित सेयरधनीहरुको खातामा सूचीकृत भएको बोनस सेयर जम्मा भएपछि लगानीकर्ताहरुले दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्