सेयर बजारमा दोहोरो अंकको सुधार « Arthapath.com
२४ फाल्गुन २०८०, बिहीबार

सेयर बजारमा दोहोरो अंकको सुधार



काठमाडौं । सेयर बजारमा बढोत्तरी देखिएको छ । बिहीबार पनि बजार दोहोरो अंकले बढेको हो ।

उक्त दिन बजार १३.५१ अंकले वृद्धि भएको छ । आज बजार परिसूचक २०३०.५५ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । बुधवार १३ वटा उपसमूहमध्ये ३ वटा घटेका छन् ।

साताको अन्तिम कारोबार दिन होटल तथा पर्यटन १२.८९ अंक, म्युचुअल फन्ड ०.१४ अंक, व्यापार समूह ७.२६ अंकले घटेका छन् । यी बाहेकका सबै समूहरु हरियाली बनेका छन् ।

उक्त दिन ३ अर्ब १९ करोड ९२ लाख रुपैयाँ बराबरको ८९ लाख २९ हजार १५२ कित्ता सेयर किनबेच भएको छ । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयर बिक्री भएको छ । कम्पनीको ५६ करोड २० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको शिवम सिमेन्टको १६ करोड ४१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

यस्तै, सोनापुर मिनिरल्स एण्ड आयलको १३ करोड ४१ लाख र मोलुङ हाइड्रोपावरको १३ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।


प्रतिक्रिया दिनुहोस्