हिमालयन एभरेष्टको १९ लाख ८६ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत « Arthapath.com
२४ फाल्गुन २०८०, बिहीबार

हिमालयन एभरेष्टको १९ लाख ८६ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत



काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीले ८.६३ प्रतिशत बापतको बोनस सेयर बिहीबार नेप्सेमा सूचीकृत गराएको हो । कम्पनीको १९ लाख ८६ हजार २२४ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

अब उक्त बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्