२२ अंकले बढ्यो सेयर बजार: पौने ३ अर्बको कारोबार, कमाउने र गुमाउनेमा कुन कुन परे ? « Arthapath.com
२७ फाल्गुन २०८०, आईतवार

२२ अंकले बढ्यो सेयर बजार: पौने ३ अर्बको कारोबार, कमाउने र गुमाउनेमा कुन कुन परे ?



काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । आइतबार बजार २२.१० अंकले बढेको हो ।

उक्त दिन बजार परिसूचक २ हजार ५० दशमलव ७५ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । उक्त दिन जलविद्युत समूह ३.०९ अंकले घटेको छ, यी बाहेकका १२ समूहहरु भने हरियाली बनेका छन् ।

उक्त दिन २ अर्ब ८८ करोड ५६ लाख ८१ हजार रुपैयाँ बराबरको ६९ लाख ४९ हजार ६२४ कित्ता सेयर किनबेच भएको छ।
आज शिवम सिमेन्टको सर्वाधिक २२ करोड ९३ लाख २५ हजार रुपैयाँ बराबरको सेयर किनेबेच भएको छ । कारोबार रकमको आधारमा दोस्रो सोनापुर मिनिरल्सको पनि १८ करोड १३ लाख ९२ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

उक्त दिन दुई विन नेपाल लघुवित्त र जाल्पा सामूदायिक लघुवित्तको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । आज विन नेपालको सेयर मूल्य प्रतिकित्ता १० प्रतिशत अर्थात् ७९ रुपैयाँ बढेर ८६९ रुपैयाँ कायम भएको छ । यस्तै, जाल्पाको प्रतिकित्ता १०४ रुपैयाँ ४० पैसा बढेर १ हजार १४८ रुपैयाँ ४० पैसा कायम भएको छ ।

यस्तै, उक्त दिन महुली लघुवित्तको सेयर मूल्य ८.७२ प्रतिशत, सपोर्ट लघुवित्तको ८.७१ प्रतिशत, धौलागिरी लघुवित्तको ७.७० प्रतिशत वृद्धि भएको छ । यी कम्पनीहरुसहित आज किसान लघुवित्त, सबैको लघुवित्त, नाडेप लगायतका लगानीकर्ताहरुले कमाएका छन् ।

तर, जलविद्युत कम्पनीका लगानीकर्ताहरुले भने गुमाएका छन् । उक्त दिन सबैभन्दा धेरै चिरख्वा हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज कम्पनीको सेयर मूल्य ७.०६ प्रतिशत घटेको छ । यस्तै, पिपुल्स हाइड्रोपावर, जोशी हाइड्रोपावर लगायतका लगानीकर्ताहरुले आज धेरै गुमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्