बजारमा एकैदिन थपियो साढे ११ करोड कित्ता बढी सेयर, कुन कम्पनीको कति ? « Arthapath.com
२७ फाल्गुन २०८०, आईतवार

बजारमा एकैदिन थपियो साढे ११ करोड कित्ता बढी सेयर, कुन कम्पनीको कति ?



काठमाडौं । सेयर बजारमा एकैदिन साढे ११ करोड कित्ता सेयर थपिएको छ । आइतबार अपरताकोशीको शतप्रतिशत हकप्रद र अन्य तीन कम्पनीको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको हो ।

आइतबार चार कम्पनीको ११ करोड ६७ लाख ३ हजार कित्ता सेयर सूचीकृत भएको हो । उक्त दिन अपर तामाकोशीको १०० प्रतिशत बापतको १० करोड ५९ लाख कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।

यस्तै, नेपाल एसबिआई बैंकको ३७ लाख ९५ हजार २३५ दशमलव ७६४८ कित्ता, आरएसडीसी लघुवित्तको ७ लाख ४६७ हजार ८२८ दशमलव ६५ कित्ता र मुक्तिनाथ विकास बैंकको ६२ लाख ६० हजार ३७७ दशमलव ७६ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

यी चारै वटा कम्पनीहरुको सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताहरुले खरिदबिक्री गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्