आधा दर्जन कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्यो सेयर ? « Arthapath.com
२९ फाल्गुन २०८०, मंगलवार

आधा दर्जन कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्यो सेयर ?



काठमाडौं । सेयर बजारमा उछाल आएको छ । मंगलबार बजार एकाएक ५८.५८ अंकले बढेको हो । उक्त दिन बजार परिसूचकले २१ सय बिन्दु माथि उक्लिएको छ ।

आज परिसूचक २१११ दशमलव २४ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज १३ वटौ उप सूमहरु हरियाली बनेका छन् ।

बजारसँगै कारोबार रकममा पनि बढोत्तरी देखिएको छ । आज ४ अर्ब ५५ करोड १६ लाख ३२ हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ९ हजार ५९७ कित्ता सेयर किनबेच भएको छ।

उक्त दिन शिवम् सिमेन्टको सर्वाधिक सेयर किनबेच भएको छ । आज कम्पनीको ३७ करोड १९ लाख ३३ हजार रुपैयाँ बराबरको ६ लाख ७३ हजार ७०६ कित्ता सेयर किनेबच भएको छ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सोनापुर मिनिरल्स एण्ड आयलको पनि २४ करोड ९ लाख ६२ हजार कित्ता सेयर किनबेच भएको छ । मंगलबार कम्पनीको ४ लाख ६१ हजार १५५ कित्ता सेयर खरिदबिक्री भएको हो ।

यस्तै, उक्त दिन सन नेपाल लाइफको १६ करोड ५२ लाख २९ हजार रुपैयाँ बराबरको २ लाख ६६ हजार ९७ कित्ता, हिमालयन रिइन्स्योरेन्सको १५ करोड ७१ लाख ८६ हजार रुपैयाँ बराबरको २ लाख ४९ हजार ९८९ कित्ता सेयर कारोबार भएको छ ।

त्यसैगरि माउनटेन इनर्जी नेपालको पनि ११ करोड ११ लाख ५६ हजार रुपैयाँ बराबरको १ लाख ७३ हजार कित्ता र हिमालय डिस्टीलरीको ११ करोड ६ लाख ९० हजार रुपैयाँ बराबरको ६८ लाख ९४९ कित्ता सेयर खरिदबिक्री भएको छ।


प्रतिक्रिया दिनुहोस्