सेयर बजारको गिरावट कायमै, कारोबार रकम पनि ओरालो « Arthapath.com
४ चैत्र २०८०, आईतवार

सेयर बजारको गिरावट कायमै, कारोबार रकम पनि ओरालो



काठमाडौं । सेयर बजारको गिवरावटले निरन्तरता आएको छ । साताको पहिलो कारोबार दिन पनि बजार दोहोरो अंकले घटेको हो ।

अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार पनि २८ अंकले घटेको थियो । आज पनि १०.६२ अंकले घटेको छ । आज बजार परिसूचक २०७० दशमलव २५ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

आइतबार विकास बैंक समूह ३३.१५ अंक, फाइनान्स ११.९४ अंक र उत्पादन तथा प्रशोधन समूह २०.७० अंकले वृद्धि भएको छ । तर, यी बाहेकका अन्य समूह राताम्य बनेका छन् ।

बजारसँगै कारोबार रकम पनि खस्किएको छ । आइतबार ३ अर्ब ३८ करोड ७९ लाख ८० हजार रुपैयाँ बरारबको सेयर किनबेच भएको छ । आज कुल ८४ लाख ६ हजार ७६ कित्ता सेयर किनबेच भएको हो ।

कारोबार रकममा शिवम सिमेन्ट पहिलो सूचीमा छन् । उक्त दिन कम्पनीको ४१ करोड ६४ लाख १७ हजार रुपैयाँ बराबरको सेयर किनेबच भएको हो । दोस्रो स्थानमा रहेको सोनापुर मिनिरल्स एण्ड आयलको २३ करोड ७ लाख ९१ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।


प्रतिक्रिया दिनुहोस्