सेयर बजारमा गिरावट, कारोबार रकममा भने बढोत्तरी « Arthapath.com
६ चैत्र २०८०, मंगलवार

सेयर बजारमा गिरावट, कारोबार रकममा भने बढोत्तरी



काठमाडौं । मंगलबार सेयर बजारमा गिरावट आएको छ । साताको तेस्रो कारोबार दिन बजार ६.२४ अंकले घटेको छ ।

सोमबार बजार ३.२७ अंकले बढेको थियो । तर, मंगलबार भने गिवरावट आएको छ । आज बजार परिसूचक २०६७ दशमलव २९ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

आज फाइनान्स समूह ४०.८९ अंक, जीवन बीमा समूह ७.१० अंक र माइक्रोफाइनानस समूह ७९.०४ अंकले वृद्धि भएका छन् । तर, यी बाहेकका सबै समूहहरु राताम्य बनेका छन् ।

उक्त दिन बजार घटेपनि अघिल्लो दिनको तुलनामा कारोबार रकम भने बढेको छ । आज ३ अर्ब ६३ करोड ३९ लाख ३६ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सोमबार भने २ अर्ब ८८ करोड ५६ लाख रुपैयाँ बराबरको मात्रै सेयर किनबेच भएको थियो । तर, आज ९४ लाख ७८ जहार ९३३ कित्ता सेयर किनबेच भएको हो ।

कारोबार रकमको आधारमा सर्वाधिक हिस्सा शिवम सिमेन्टको छ । आज शिवमको २५ करोड ९७ लाख २२ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

यस्तै, सोनापुर मिनिरल्सको १८ करोड ८९ लाख, गोर्खाज फाइनान्सको १५ करोड ८२ लाख र घोराही सिमेन्टको १० करोड १६ लाख बढीको सेयर किनबेच भएको छ।


प्रतिक्रिया दिनुहोस्