गोर्खाज फाइनान्समा लगानीकर्ताको आकर्षण, सेयर मूल्यमा सकारात्मक सर्किट « Arthapath.com
७ चैत्र २०८०, बुधबार

गोर्खाज फाइनान्समा लगानीकर्ताको आकर्षण, सेयर मूल्यमा सकारात्मक सर्किट



काठमाडौं । गोर्खाज फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बुधवार कम्पनीको सेयर मूल्य १० प्रतिशत बढेको हो ।

साताको चौथो कारोबार दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८६ रुपैयाँ बढेर ९४६ रुपैयाँ पुगेको छ । कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

आज सर्वाधिक सेयर कारोबार हुने कम्पनीहरुको तेस्रो सूचीमा गोर्खाज फाइनान्स छ । कम्पनीको आज ११ करोड ९१ लाख १४ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। आज कम्पनीको १ लाख ३९ हजार ७०५ कित्ता सेयर खरिदबिक्री भएको हो ।


प्रतिक्रिया दिनुहोस्