एकैपटक कसले बेच्दैछ लक्ष्मी सनराइज बैंकको झन्डै ८३ लाख कित्ता संस्थापक सेयर ? « Arthapath.com
२५ असार २०८१, मंगलवार

एकैपटक कसले बेच्दैछ लक्ष्मी सनराइज बैंकको झन्डै ८३ लाख कित्ता संस्थापक सेयर ?



काठमाडौं । लक्ष्मी सनराइज बैंकले संस्थापक सेयर बिक्री गर्न लागेको छ। बैंकले आफ्ना संस्थापक सेयरधनीहरुको नाममा ८२ लाख ९७ हजार ५६५ कित्ता सेयर बिक्री गर्न लागेको हो ।

तर, क-कसले बेच्न लागेको भन्ने बारे खुलाइएको छैन । यता, सो संस्थापक सेयरको बिक्री मूल्य पनि उल्लेख गरिएको छैन ।

उक्त सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । आवेदन आजैका मितिले ( असार २५ गते) ३५ दिनभित्र विवरण खुलाई दिनुपर्नेछ ।

सेयर खरिदका लागि बैंकको मुख्य कार्यालय हात्तिसार, काठमाडौंमा लिखित जानकारी गराउनुपर्ने बैंकले जनाएको छ।

तोकिएको समयावधिमा विद्यमान संस्थाकहरुबाट सेयर खरिदका लागि कुनै लिखित जानकारी प्राप्त हुन नआएमा कानुनी प्रावधान अनुसार अन्य बिक्री प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्