प्रतिकित्ता २९९ रुपैयाँमै आशा लघुवित्तको ३ लाख ३८ हजार कित्ता सेयर किन्ने मौका « Arthapath.com
२६ असार २०८१, बुधबार

प्रतिकित्ता २९९ रुपैयाँमै आशा लघुवित्तको ३ लाख ३८ हजार कित्ता सेयर किन्ने मौका



काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको झन्डै साढे २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा आएको छ ।

कम्पनी विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको २ लाख ३८ हजार ७८५ कित्ता सेयर बिक्री गर्न लागेको हो । कम्पनीले नेपाल इन्भेष्टेमन्ट प्रा.लि.को नाममा रहेको २ लख २३ हजार १७२ कित्ता, प्रभु ग्रुपको नाममा रहेको ११ हजार ४२९ कित्ता र तारा कुमारी भट्टचनको नाममा रहेको ४ हजार १५७ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको छ ।

उक्त सेयर न्युनतम मूल्य २९९ रुपैयाँ तोकिएको छ । खरिद गर्न इच्छुक व्यक्ति कम्पनीहरुले आवश्यक कागजातसहित सात दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय बनेपा–१३ साँगामा आवेदन पेश गर्न सक्नेछन् ।

यसअघि अर्थात् गत कात्तिक २३ गते कम्पनी विद्यमान संस्थापक सेयरधनीहरुलाई प्राथमिकतामा राखेर सो सेयर बिक्रीमा ल्याएको थियो । तर, ३५ दिनसम्ममा पनि सेयर खरिदका लागि कुनै पनि आवेदन पेश नभएपछि पुनः बिक्रीका लागि प्रक्रिया अघि बढाएको हो ।


प्रतिक्रिया दिनुहोस्